काठमाडौं । सप्तरी, बलान बिहुल गाउँपालिका-२ स्थित सडकबाट करिब १० लाख ५ हजार ९ सय ६० रूपैयाँ मूल्य बराबरको पटका शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी मौवाहाबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेको हाल नाम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले बोरा फाली फरार भएपश्चात बोरा तलासी गर्दा उक्त पटका फेला पारी बरामद गरेको हो ।
सुनसरी, देवानगंज गाउँपालिका-४ यादव टोलबाट करिब ७३ हजार १ सय २० रूपैयाँ मूल्य बराबरको पटका शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी कप्तानगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेका अपरिचित व्यक्तिले उक्त पटाका फाली फरार भएपश्चात प्रहरीले पटका बरामद गरेको हो ।
नवलपरासी पश्चिम, पाल्हिनन्दन गाउँपालिका-२ मुडेराबाट करिब ७५ हजार रूपैयाँ मूल्य बराबरको पटका शनिबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले उक्त पटका फाली फरार भएपश्चात प्रहरीले उक्त पटका बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















