नेविसंघको अध्यक्षबाट नैनसिंह महरको राजीनामा

244

काठमाडौं / नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् ।

पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब आएपछि महरले सोमबार पदबाट राजीनामा दिएका हुन् । नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले महराले सोमबार सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएको जानकारी दिए ।

नेविसंघको तर्दथ समिति बनेपछि वर्तमान कार्यसमिति स्वतः भंग भएको छ । अब पार्टी नेतृत्वले राजीनामा स्वीकृत गरेपछि तदर्थ समिति गठन गरिने बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here