नेपाली यू-२३ फुटबल टोली ताजिकिस्तान प्रस्थान

81

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटका राष्ट्रिय युवा फुटबल टोली ताजिकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसारताजिकिस्तान जाने ३५ सदस्यीय टोलीमा २३ खेलाडी र १२ अफिसियल छन् । झन्डै एक महिनाको प्रशिक्षणपछि प्रशिक्षक बालगोपाल महर्जनले २३ सदस्यीय टोलीको घोषणा गरेका थिए ।

माल्दिभ्सको मालेमा शनिबार सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेको सिनियर टोलीका ६ खेलाडी युवा टोलीमा रहेका छन् । डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठसँगै मिडफिल्डरहरु नितिन थापा, सुरज जिउ ठकुरी , आयुष घलान र फरवार्ड मनिष डाँगी टोलीमा समेटिएका छन् ।

एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ । छनोटमा समूह ‘बी’ मा नेपालले ताजिकिस्तानसँगै इरान र लेवनानसँग खेल्नेछ । नेपालले कार्तिक ८ गते इरान, कात्तिक ११ गते ताजिकिस्तान र लेबनानसँग कात्तिक १४ गते प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here