काेराेनाबाट युवा नेता रमेश महर्जनकाे निधन

68

काठमाडौं । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएको छ ।

कोभिड सङ्क्रमणपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत महर्जनको सोमबार निधन भएको विवेकशील पार्टीले जनाएको छ ।

आरबी डायमन्ड ज्वेलर्सका प्रबन्ध निर्देशकसमेत रहनुभएका महर्जन नेपाल श्रीलङ्का चेम्बर अफ कमर्सको अध्यक्ष पनि हुनु भएको थियो ।

महर्जनको निधनप्रति विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जालमा पोष्ट गर्दै अत्यन्तै सफल व्यवसायी सामाजिक व्यक्तित्वको निधनले पार्टीका लागिमात्र नभई देशैका लागि अपूरणीय क्षति भएको जनाएका छन् ।

उहाँले लेख्नु भएको छ– ‘पार्टी निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नु भएका महर्जन दुई वर्षभित्र म छोराछोरीलाई सबै व्यवसाय हस्तान्तरण गर्छु र पार्टीमा पूरै समय लगाउँछु भन्नु हुन्थ्यो, समयले तपाईँलाई पर्खिएन । तपाईँको आत्मालाई चिरशान्ति र परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here