काठमाडौं । चितवन टाइगर्सले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स ११ माथि ३ विकेटको जित हात पारेको छ।
जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १८.४ ओभरमा विकेट ७ गुमाउँदै पूरा गर्यो। चितवनका राजेश पुलामी २३ रनमा अविजित रहे। उनले २९ बलमा २ छक्का प्रहार गरे। कमलसिंह ऐरी २३ रनमा अविजित रहे।
यस्तै, दिलिप नाथले २३, करिम जनतले २१, मोहमद साहजदले २१, भीम सार्कीले ६, सेकुगे प्रसन्नले ५ तथा इशान पाण्डेले ४ रन बनाए। कप्तान सोमपाल कामी शून्य रनमा आउट भए।
काठमाडौंका रायल बर्ल र जितेन्द्र मुखियाले २/२ विकेट लिए। जनक प्रकाश, गुलशन झा र सन्दीप लामिछानेले एक/एक विकेट लिए। त्यसअघि टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो।
काठमाडौंका ओपनर सुवास खकुरेलले सर्वाधिक ३५ रनको योगदान दिए। उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे। राजु रिजालले २८, जनक प्रकाशले २६, रहमानउल्लाह गुर्बाजले ५, अमित श्रेष्ठले ६, अमर रौटेला ५, गुलशन झाले ४ रन जोड्दा रायन बुर्ल शून्य रनमा आउट भए।


















