गरिमा विकास बैंकमा कार्डबाट भुक्तानी गर्दा २०.८१% नगद फिर्ता

5

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१% वा अधिकतम रु २०० नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपालभित्र पीओएस मेसिन मार्फत कारोबार गर्दा अधिकतम रु २०० सम्म नगद फिर्ता पाउन सक्नेछन् ।
नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्द्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि १ वैशाख २०८१ देखि ३ वैशाख २०८१ सम्म रहेको छ । साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरिसकेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here