प्रतिनिधि सभाको बैठक ८ मिनेट बसेर स्थगित

100

काठमाडौं– नेकपा एमालेको अवरोधका बीच प्रतिनिधि सभाको बैठक केही बेर बसेर स्थगित भएको छ।

बिहीबारको बैठक करिब ८ मिनेट बसेको थियो। बैठक सुरु हुनासाथ एमाले सांसद्हरु वेल घेराउ गर्न अघि बढेका थिए। उनीहरुको नाराबाजीका बीच सभामुखले सदनको कारबाही अघि बढाएका थिए। उनले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाए। त्यस्तै, कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई महालेखाको प्रतिवेदन पेस गर्न पनि समय दिएका छन्।

एमाले सांसद्हरुले भने ‘गैरसांसद्लाई प्रवेश निषेध गर’, ‘पक्षपातपूर्ण व्यवहार बन्द गर’, ‘संसदीय मर्यादा कायम गर’ लगायतका नारा लगाएका थिए।

भदौ २३ गतेदेखि सुरु भएको संसद्को नवौं अधिवेशनलाई एमालेले निरन्तर अवरोध गरिरहेको छ। एमाले विभाजनमा सभामुखको पनि भूमिका रहेको भन्दै आक्रोशित एमालेले सदनको कारबाहीलाई अवरोध गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here