फ्रेन्च ओपनबाट सेरेना विलियम्स बाहिरिइन्

146

एजेन्सी । अमेरिकी सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको चौथो चरणबाट बाहिरिएकी छन्।

चौथो चरण अन्तर्गत आइतबार राति भएको खेलमा सेरेनालाई कजखस्तानकी एलेना रिबाकिनाले पराजित गरेकी हुन् । २१ वर्षकी रिबाकिनाले ३९ वर्षकी सेरेनालाई ६–३ र ७–५ को सेटमा पराजित गरेकी हुन् ।

२३ पटककी ग्राण्डसलाम विजेता सेरेनाको कीर्तिमानसँग बराबरी गर्ने सपना योपटक पनि टुटेको छ । अब सेरेनाले मार्गरेट कोर्टको २४ ग्राण्डसलाम उपाधिसँग बराबरी गर्ने अवसर जुन २८ देखि सुरु हुने विम्बल्डन टेनिसमा हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here