काँग्रेसका नेता चौधरीलाई कोरोना संक्रमन पुष्टि

76

दाङ – लुम्बिनी प्रदेशका प्रदेश सांसद तथा नेपाली काँग्रेसका नेता डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमन पुष्टि भएको छ ।

बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको स्वाव परिक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।

लुम्बिनी प्रदेशका लेखा समितिका सभापति एवम् पूर्व श्रम राज्यमन्त्री समेत रहेका सांसद चौधरीलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई सुगर र निमिनियाको समस्या समेत देखिएको भेरी अस्पतालले जनाएको छ । तर उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको अस्पतालले जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here