देशभित्र छरिएका सम्पदाहरुको संरक्षण, सम्बद्धन गर्ने कार्य हरेक नेपालीको कर्तव्य : अध्यक्ष प्रधान

181

भक्तपुर । चाँगुनारायण विकास समितिको आयोजनामा  मूर्त अमूर्त सम्पदा संरक्षण गर्नको लागि अन्तकृयात्मक कार्यक्रम सम्पन्न भएको भएको छ ।

सम्पदा संरक्षण परिषद्का अध्यक्ष भागवत नरसिंह प्रधानले देशमा छरिएका रहेको सम्पदाहरुको संरक्षण, सम्बद्धन गर्ने कार्य हरेक नेपालीको कर्तव्य रहेको जनाउँदै चाँगुनारायण क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरी अर्थसित जोडेर समृद्धितिर जोड दिनुपर्छ । विश्वमै अत्यन्त्यै दुर्लभ रहेको काठका तोरण रहेकाले खुल्ला संग्राहलका रुपमा विकास गर्नेुपर्ने धारणा राखे  ।

चाँगुनारायण विकास समितिका सचिव भक्त भडेलले विश्वसम्पदामा संरक्षित मूर्त अमूर्त सम्पदा लथालिंग भटाभुङ्ग तथा स्थानीय  बाजा, नाच, गाजा, गुथि गाना लाेप हुने अवस्थामा छ ।  यस बिषयमा गुथि संस्थान तथा स्थानिय सरकारले बेलैमा ध्यान दिनुपर्नेमा जाेड दिए ।

सो कार्यक्रममा सम्पदा संरक्षण परिषद् काठमाडौंबाट पाल्नु भएका उदय सिलाकारले विकास निमार्णमा सहकार्य गर्नु  पर्ने स्थानीय दाफा भजन पुनः, बाजा गाजा, जागरण गराउने कार्यमा सहर्काय गर्न तत्पर रहेको जनाए ।

सो कार्यक्रममा नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको चाँगुनारायण मन्दिरको विगत र बर्तमान अवस्थामा  मठ मन्दिरको के कस्तो भइ रहेको  तथा अस्तित्व नै धरापमा पर्ने अवस्थामा रहेको प्रति सम्पदाप्रमिहरुले चिन्ता समेत व्यक्त गरे ।

  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here