तीन लाख डोज भेरोसेल खोप हस्तान्तरण

73

काठमाडौं ।  चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई भेरोसेल खोप र स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको छ।

चिनियाँ जनमुक्ति सेनाले १० थान भेन्टिलेटर, एक सय थान कन्सनट्रेटर र ३ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप हस्तान्तरण गरेको हो।

सोमबार सैनिक मुख्यालय जंगी अड्डामा एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन्।

प्रधानसेनापति शर्माले सहयोगका लागि चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिएका छन्। यस किसिमको सहयोगबाट दुई देशका सेनाबीचको सम्बन्ध थप मजबुत हुने सेनाले विश्वास लिएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here