सवारी दुर्घटनामा दुई जनाको मृत्यु

35

काठमाडौं । काठमाडौं महानगरपालिका-७ चावहिलस्थित सडकमा प्रदेश १ ०२-०५० प ६७८९ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बेलुकी दुर्घटना हुँदा बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकल चालक काठमाडौं पुतलीसडक बस्ने पर्सा वीरगंज महानगरपालिका-१४ घर भएका ३२
वर्षीय पर्शुराम महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बारा, जितपुर सिमरा उपहानगरपालिका-१६ बाराकिलोस्थित सडकमा प्र.न.३-०३-००१ प ००३९ नम्बरको मोटरसाइकललाई प्र.न.-३-०१०-२२ च ३१९७ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय निशान श्रेष्ठको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते

भएका उनको सामुदायिक प्रसुति अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । पिकअप गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here