चेल्सीले वाटफोर्डलाई सहज रुपमा हरायो, च्याम्पियन्स लिग खेल्ने पक्का

145

चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा वाटफोर्डलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ । यससँगै चेल्सीले आउँदो सिजन च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ । आइतबार राति भएको खेलमा चेल्सीले आफ्नै घरेलु मैदानमा वाटफोर्डलाई ३—० गोलअन्तरले पराजित गरेको छ । चेल्सीको जितमा लोफ्टस चेक, डेभिड लुइज र गोन्जालो हिगुइनले गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलको चेल्सीले दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । खेलको ४८औं मिनेटमा चेकले गोल गरेका थिए । ५१औं मिनेटमा डेभिडले गोल गरेपछि चेल्सीले २—० गोलको अग्रता बनाएको थियो । खेलको ७५औं मिनेटमा हिगुइनले गोल गर्दै चेल्सीलाई ३—० गोलको सहज जित दिलाए । अर्को खेलमा भने आर्सनलले बिग्टोनसँग १(१ गोलको बराबरी खेलको छ । त्यस्तै, म्यानचेस्टर युनाइटेडले भने हडर्सफिल्डसँग १—१ गोलको बराबरी खेलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here