विश्वकै दुर्लभ सेतो जिराफको मृत्यु

192

एजेन्सी – विश्वकै दुर्लभ सेतो प्रजातिका जिराफको मृत्यु भएको छ । उत्तर पूर्वी केन्याको ग्रासिया काउन्टीमा रहेका ३ मध्ये २ सेतो जिराफको शिकारीले ज्यान लिएका हुन् ।अधिकारीहरुका अनुसार सेतो प्रजातिको पोथी जिराफ र उसको बच्चाको शिकारीहरुले ज्या न लिएका हुन् । विश्वभरमा ३ वटा मात्र रहेको उक्त जिराफ अब एउटा मात्र रहेको छ ।

यी सेता जिराफको तस्वीर सामाजिक सञ्जालमा केहि बर्षदेखि भाइर ल बनिरहेका थिए । सोमबार यी दुई जिराफको शवलाई  वन विभागका कर्मचारीले फेला पारेको बताइएको छ । खासमा सेतो यिनीहरुको सेतो रंग ल्युसिज्म नामक एक दुर्लभ स्थितिका कारण हुने जनाइन्छ । यसैका कारणले त्वचाको कोशिकाहरुमा रंजकता (पिगमेन्टेशन) हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here