संघीय सरकारले स्थानीयमा पुगेका स्वास्थ्यकर्मी परिचालन गर्ने

65

काठमाडाैं – समायोजनबाट प्रदेश तथा स्थानीय तहमा पुगेका स्वास्थ्यकर्मीलाई संघीय सरकारले परिचालन गर्न सक्ने भएको छ । नोभलकोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको गत बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको थियाे ।

उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा गठित उक्त समितिले कोरोना नियन्त्रणका स्थानीय तथा प्रदेश तह अन्तरगर्त रहेका खटिएका स्वास्थ्यकर्मीलाई संघ मातहतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभागले तानेर काम लगाउन सक्ने निर्णय गरेको हो । यद्धपी कर्मचारीलाई संघमा ल्याउँदै गर्दा स्थानीय तथा प्रदेश सरकारसंग समन्वय गर्न भनिएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले, विश्व व्यापी महामारीको असर नेपालमा पनि देखिन सक्ने र ठूलो संख्यामा स्वास्थ्यकर्मी परिचालन गर्नुपर्ने हुनसक्ने भन्दै त्यसका लागि आवश्यक परेमा स्थानीय तथा प्रदेशका कर्मचारीलाई संघीय मन्त्रालय तथा विभागले तानेर खटाउन सक्ने व्यवस्था भएको जानकारी दिए ।

उनले त्यसअघि स्थानीय तहलाई जानकारी गराउने र समन्वय गर्ने सुनाए  ।

‘अहिले  त संघीय तहमा खासै स्वास्थ्य कर्मी छैनन् । धेरैजसो स्थानीय र प्रदेशमा रहेका छन् । हामीलाई अब नाका नाकामा कर्मचारी राख्नुपर्ने भईसकेको छ । बढी चाप हुने स्थान तथा अस्पतालमा पनि स्वास्थ्यकर्मीको संख्या बढाउन पर्ने हुनसक्छ । त्यो अवस्थामा अब केन्द्रले स्थानीय तथा प्रदेशसंग समन्वय गरी चिकित्सक तथा स्वास्थ्यकर्मी तान्न र खटाउन सक्छ,’ उनले भने ।

यस्तै बिहीबारको बैठकले मेडिकल कलेजका चिकित्सक विद्यार्थी तथा स्वयंसेवकहरुविवरण तयारी गर्न शिक्षा मन्त्रालयसंग समन्वय गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here