देश टुक्राउने दस्तावेज बन्नु हुादैन संविधान

216

–निमकान्त पाण्डे–

देशमा संविधान संशोधनको बहस चलिरहेका बेला मेरो ८ वर्षको नातिले संविधानबारे बुझ्न चाहे । पत्रपत्रिकाहरूमा खासै रुचि नलिने नाति विपुलले टेलिभिजन र एफएमहरूमा कतै सुन्न पाएछन् क्यारे, प्याट्ट सोधे मसँग ‘यो संविधान भनेको के हो ?’ बच्चाले बुझ्न चाहेको कुरा बुझ्न सक्नेगरी सुनाउनुपर्ने आफ्नो कर्तव्य ठानेर सत्य कुरा भन्छु भनेर केहीबेर संविधान भनेको के हो हँ ? भनेर आफैँसित मैले प्रश्न गरँे । म स्वयम् कानुनको विद्यार्थी हुँ । कानुनमा स्नातक गरेर अधिवक्ताको प्रमाणपत्र समेत लिएर बसेको २८ वर्ष बितिसकेको छ । तैपनि मैले आफूबाट संविधान के हो भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ पाउन नसकेपछि दिक्क लागेर आयो । आफैँमा छट्पटिइरहेको थिएा, नातिले फेरि दोहोर्‍याएर सोधे, ‘संविधान भनेको के हो भनेको ? किन हजुर ज्यू ?’ मलाई झस्काउने गरी नातिले प्रश्न गरेपछि मलाई मुख खोल्न बाध्यता भयो । ‘बाबु संविधान भनेको देश संचालन गर्न सिकाउने एउटा पुस्तक हो’ भनेर मैले नातिलाई बुझ्न सजिलो हुने गरी जवाफ दिएा । नातिलाई चित्त बुझेन ‘पुस्तकले पनि देश संचालन हुन्छ ?’ मलाई फेरि प्रश्न गरियो । देश सञ्चालन गर्ने त मन्त्रीले हैन र ? नातिले मलाई फेरि सोधे । ‘हो बाबु, तर मन्त्रीले त्यही संविधान भन्ने पुस्तक पढेर त्यसैबाट बुझेर देश चलाउाछन् नि ! भनेर मैले सम्झाउन प्रयत्न गरो । जाऊ तिमी पनि पढेर बस भनी नातिसाग विदा भएर बसो ।

नातिको प्रश्नको उत्तर जे दिएा, त्यसबाट म आफौ सन्तुष्ट हुन सकिरहेको छैन । संविधान देश चलाउनका लागि हो वा देशलाई टुक्र्याउनका लागि हो ? म आफौले बुझ्न सकिरहेको छैन । देशलाई बलियो बनाउन, समाजलाई मिलाएर राख्न, देशमा शान्ति सुव्यवस्था कायम राख्न र देशलाई समग्रमा समृद्ध तुल्याउन संविधानको महत्वपूर्ण भूमिका हुन्छ । गतवर्ष असोज ३ गतेका दिन संविधानसभाबाट पारित भई देशका राष्ट्रपतिबाट जारी गरिएको संविधानलाई संशोधन गर्नका लागि भइरहेको प्रयासलाई हेर्दा संविधान भनेको देशलाई विभाजन गर्नकै लागि बनेको पुस्तक रहेछ भनेर मैले बुझ्न थालेको छु । मधेशी दलका नेताहरूले तराईक्षेत्रलाई दुई प्रदेश कायम गराइयोस् भनी संविधानमा संशोधन गराउन ठूलो कसरत गरिरहेका छन् । मधेशी नेताहरूको यस्तो हर्कतलाई छिमेकी देश भारतले साथ दिइरहेको छ । संविधानलाई संशोधन गराउनकै लागि भारतको प्रयासमा नेपालको सरकार परिवर्तन गरिएको भनेर प्रचारबाजी पनि भइरहेको छ । मैले मेरो नातिलाई सरासर झूठ कुरा गरेर उसको बाल मस्तिष्कलाई ठगेको जस्तो लागेको छ । आफौप्रति ग्लानी भइरहेको छ । मैले नातिलाई स्पष्ट र सही कुरा भन्नुपर्ने थियो भन्ने लगिरहेको छ ।

संविधान जारी भइसकेपछि यो संविधानप्रति असहमति जनाउादै जातीय पहिचानसहितको संघीयता चाहियो भनेर पनि आवाज उठिरहेको छ । संविधानमा व्यवस्थित गरिएको राज्य संरचनाप्रति नै सन्तुष्टि पाइादैन एकातिर भने राज्यसंरचनामा सहमति बन्नका लागि भोलि नेपाललाई विभाजन गर्ने आधार संविधानमै बनाउन खोजिएको छ । राज्य संरचनामा सहमति भइहाल्यो भने नेपाली समाजलाई एकआपसमा लडाउनका लागि जातीय पहिचानको विषयलाई सशक्त बनाइएको छ । जातजातिबीच मारकाटको स्थितिले हाम्रो देशलाई कहाा पुर्‍याउला ? गम्भीर भएर सोच्न र बुझ्न किन सकिएको छैन ?

नेपालको हिमाली क्षेत्रको अवस्थाभन्दा पहाडी क्षेत्रको अवस्था धेरै राम्रो छ । पहाडको अवस्थाभन्दा तराईको अवस्था झनै राम्रो छ । सबैभन्दा बढी सडकहरू तराईमै छन्, सबैभन्दा बढी उद्योगहरू तराईमै छन् सबैभन्दा बढी स्कुल र कलेजहरू पनि तराईमै छन् । सबै क्षेत्रबाट सम्पन्नशली भएका तराईवासी जनताको प्रतिनिधि बनेर देशको राष्ट्रपति, उपराष्ट्रपति र मन्त्री पदमा विराजमान हुन पाएका भाग्यमानीहरू पनि तराईकै परे । यी तराई क्षेत्रलाई नेपालबाट अलग गराएर छुट्टै ‘मधेश देश’ बनाउने नारा पनि सुन्न थालिएको छ । छुट्टै मधेश देश बनाउने नारालाई सहज हुनेगरी छुट्टै मधेश प्रदेश वा दुई प्रदेश एक मधेशको नारा लगाइएको होइन भनेर कसरी मान्ने ? देशलाई विभाजन गराउने आधार बनाउन संविधानमा संशोधन गर्न किन खोजिएको होला ? विभाजन गराउन चाहनेहरूको स्वार्थलाई किन बुझ्न नसकिएको होला ? छिमेकी देश भारतले स्वतन्त्र मुलुक सिक्किमलाई खर्लप्पै आफूमा विलय गराएको देखेका हामी नेपालीहरूले आफ्नो देशलाई कसरी सुरक्षित राख्न सकिएला भनेर चिन्ता गर्नुपर्ने बेला भइसकेको छ । पछि पछुताएर केही हुनेछैन । सबैलाई चेतना भया !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here