सरकारले अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय

33

काठमाडौं । सरकारले अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । मङ्गलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका लागि आ.व २०८०–०८१ मा आवशयक पर्ने राजपत्राङ्कित अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

यसैगरी, उपराष्ट्रपति रामसहाय प्रसाद यादवको चीन भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

मन्त्री शर्माले जनवादी गणतन्त्र चीनको कुनमिङ्ग शहरमा साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौं ‘चाइना–साउथ एसिया एक्सपो’मा सहभागी हुन उपराष्ट्रपति यादवको चीन भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले अन्य विभिन्न १८ वटा निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here