प्रम प्रचण्डद्वारा २९ औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना व्यक्त

34

काठमाडौ । २९ औँ विश्व आदिवासी दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डले स्वदेश तथा विदेशमा रहेका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयद्वारा जारी सन्देशमा भनिएको छ, ‘संयुक्त राष्ट्र संघले सन् १९९४ देखि अगस्त ९ लाई विश्व अदिवासी दिवसका रुपमा मनाउँदै आएको छ । विश्व अदिवासी दिवसको यस दिनले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र सुदृढीकरण एवं पहिचान र अधिकारको आन्दोलनमा निरन्तर सफलताका निम्ति उत्प्रेरणा पैदा गर्ने विश्वास व्यक्त गर्दछु । ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here