काठमाडौं – योहो टेलिभिजनको समाचार प्रमुखमा जीवराम भण्डारी नियुक्त हुनुभएको छ । टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले आज भण्डारीलाई स्वागत गर्दै समाचार प्रमुखको जिम्मेवारी प्रदान गर्नुभएको हो ।
अध्यक्ष शेर्पाले टेलिभिजनलाई गुणस्तरीय बनाउन र नेपाली टेलिभिजनहरूमाझ नयाँ उचाइमा पुर्याउन शुभकामना दिनुभयो । तथ्यसहितको निष्पक्ष समाचार सम्प्रेषणमा उहाँको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुभयो । पदभार ग्रहण गर्दै नवनियुक्त समाचार प्रमुख भण्डारीले जनउत्तरदायित्व बोध गर्दै जनजीविकाका सवाल नीतिनिर्माण तहसम्म पुर्याउने जिम्मेवार माध्यमको रूपमा योहो टेलिभिजनलाई स्थापित गराउन लागिपर्ने वाचा गरे ।
तीन दशकभन्दा लामो पत्रकारिता अनुभव लिएका भण्डारी यसअघि नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन, खबरहब, राजधानी दैनिकलगायत राष्ट्रिय सञ्चारमाध्यममा आबद्ध हुनुहुन्थ्यो ।


















