आन्दोलनको विकास पक्रन नसकेर भागे

43

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी विभाजन नभएको ठोकुवा गर्दै केही मान्छेहरु पार्टी , आन्दोलनको विकास र क्रान्तिको उचाईलाई पक्रन नसकेर भागेको जनाएका छन् ।

बिहिवार नेपाल कम्युनिस्ट पार्टी भक्तपुरले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले सो कुरा जनाएका हुन ।

महासचिव विप्लवले भने – ‘ सुदर्शन र कञ्चनहरुले रुपमा हेर्दा क्रान्तिको कुरा गरेको भएपनि सारमा नेपाली क्रान्तिको कार्यदिशा एकीकृत क्रान्तिलाई बुझ्न र आत्मसाथ गर्न नसकेपछि अलग्गिएको र उनिहरुले जुन निर्णय लिए यो कुनैपनि रुपमा क्रान्तिलाई फाइदा पुर्याउने उद्देश्यले होइन, उनिहरुले गरेको निर्णयले कोही उत्साहित पनि छैनन , बरु इमानदार क्रान्तिकारी र शुभचिन्तक र समर्थकलाई चिन्तित बनाएको छ।

‘ उनले भने- ‘ हामी क्रान्तिको यात्रालाई केन्द्रमा राखेर अगाडि बढ्छौ , देश , जनता र क्रान्तिभन्दा अरु कुनैपनि कुरा सोच्न पनि सक्दैनौ।प्रचण्डहरुले धोका दिएको स्थितिमा हामी खरानीबाट माथी उठेका हौ हामीलाई यसको मर्मवोध राम्ररी थाहा छ।

‘ उक्त प्रशिक्षण कार्यक्रममा नेकपा सचिवालय सदस्य सन्तोष बुढा, केन्द्रिय सदस्य आधार र जिल्ला इन्चार्ज आस्थाले प्रशिक्षण मन्तब्य राखेका थिए भने केन्द्रिय सदस्यहरु बन्धु चन्द, सुशील , महिला संगठन कि महासचिव राजकुमारी शाही अथिति रहेका थिए ।

यसैगरी , उक्त कार्यक्रममा एकीकृत समाजवादी पार्टी परित्याग गरि रतन राई नेकपामा ध्रुवीकरण भएका थिए । जिल्ला सेक्रेटरी बिजयले अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको सन्चालन नविन बिष्टले गरेका थिए भने स्वागत मन्तब्य राजेन्द्र देशभक्तले गरेका थिए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here