एक थान कछुवाको खपेटा सहित तीन पक्राउ

76

कास्की । पोखरा महानगरपालिका–३२ मझुवास्थित सडकबाट १ थान कछुवाको खपेटा सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत घर भई स्याङ्जा गल्याङ बजार बस्ने १९ वर्षीय पिन्टु सहनी, २० वर्षीय देवनाथ सहनी र १८ वर्षीय किशोर रहेका छन् ।

रौतहटको गौरबाट पोखरातर्फ आउँदै गरेको ना.५ ख ४९९२ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनीहरूलाई उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कार्वाहीको लागी डिभिजन वन कार्यालय कास्कीमा पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here