विश्वभर कोरोनाबाट सात प्रतिशतको मृत्यु

164

एजेन्सी – विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट सात प्रतिशत संक्रमितको मृत्यु भएको छ ।

गएको १७ नोभेम्बरबाट देखिएको कोरोना संक्रमणबाट अहिलेसम्म ५४३६ जनाको मृत्यु भइसकेको छ । ती मध्ये ठूलो संख्या ६० वर्ष माथिका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, हालसम्म एक लाख ४५ हजार ६८२ जनामा संक्रमण देखिएको छ । त्यस मध्ये ७२ हजार ५३२ जनाको उपचार सफल भएको छ ।

६७ हजार ७१४ जना अहिले पनि बिरामी छन् । कोरोनाबाट सवैभन्दा बढी चिनियाँ नागरिक संक्रमित छन् । ८० हजार ८२४ जनामा संक्रमण देखिएमो ३१७९ जनाको मृत्यु भएको छ भने ६५ हजार ५४७ जना सफल उपचारपछि घर फर्किएका छन् ।

केही समय यता भने कोरोनाले यूरोपका इटाली, स्पेन लगायत मुलुक बढी प्रभावित बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here