‘प्रधानसेनापति प्रशंसा निशान’ सुशोभन समारोह सम्पन्‍न

191

काठमाडाैं – जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रम बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले Corona Task Force मा खट्टिनु भएका सैनिक र गैह्र सैनिक व्यक्तिहरुलाई कदर स्वरुप  ‘प्रधानसेनापति प्रशंसा निशान’  फागुन ३० गते प्रदान गर्नु भएको छ ।

उक्त सुशोभन कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानसेनापति महारथी थापाले उच्च जोखिमका बावजुद नेपाल सरकारबाट प्रदत्त जिम्मेवारीलाई अहोरात्र खट्टिई निर्वाह गर्नु भएको प्रशंसनिय कार्यको लागि हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो । साथै उक्त साहसिक कार्य सबैका लागि प्रेरणादायी हुने विश्वास समेत व्यक्त गर्नु भएको थियो ।

मित्रराष्ट्र चीनमा कोरोना भाईरसको संक्रमण बढेपश्‍चात चीनमा रहेका १७५ जना नेपाली नागरिकहरुलाई नेपालमा ल्याउने र निषेधावधि (Quarantine) को लागि फाल्गुन ४ गतेबाट ऐ.१८ गतेसम्म भक्तपुरको खरिपाटीस्थित नेपाल विद्‍युत प्राधिकरणको तालिम केन्द्रमा स्वास्थ्य अवस्थाको रेखदेख तथा सुरक्षा व्यवस्थाको कार्यमा खट्टिनु भएका १९ जना सैनिक र १ जना गैह्र सैनिक डाक्टरलाई उक्त निशानबाट सुशोभित गरिएको हो ।

नेतृत्व तहबाट गरिएको यस प्रकारको कदर तथा प्रशंसाले सैनिकहरुको कार्य क्षमता, आत्मबल तथा संगठनप्रतिको सकारात्मक भावनामा वृद्धि हुनुको साथै आगामी दिनहरुमा यस प्रकारको मानविय तथा जोखिमपूर्ण कार्यमा स्वत स्फूर्त रुपमा सहभागीताको लागि प्रेरणादायी हुने विश्वास नेपाली सेनाले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here