काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा दुई पार्टी पद्धति प्रचलनमा आउने सम्भावना नरहेको बताएका छन् ।
कांग्रेस–एमालेको गठबन्धनले दुई पार्टी पद्धतिमा लैजान खोजे पनि त्यो सम्भव नहुने उनको भनाइ छ ।
दुई ठूला पार्टीले आफूहरुको सहयोग बिना संविधान संशोधन गर्न नसक्ने उनले जनाए । ‘यो मल्टिपार्टी सिष्टमलाई यही प्रक्रिया अन्तर्गत जतिसुकै ठूलो पार्टी किन नहोस् ।
एउटैले दुई तिहाई लिएर आएपनि सम्भव छैन’, उनले भने, ‘अहिले उनीहरु संविधान संशोधनको हल्ला फिँजाइरहेका छन् । संविधान संशोधनको हल्ला जतिसुकै पिटाए पनि दुई वर्षसम्म उनीहरुले एक्लै अगाडि बढ्न खोजे भने यो संविधानको न कमा चेन्ज गर्न सक्छन् । न फुलस्टप चेञ्ज गर्न सक्छन् ।’

















