काठमाडौं । राष्ट्रिय जनमोर्चाले भदौ महिनाभरि संघर्षका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आइतबार एक विज्ञप्ति जारी गरी राष्ट्रिय जनमोर्चाले गणतन्त्र र राष्ट्रियताको रक्षा तथा सङ्घीयताको खारेजीको उद्देश्य राखेर संघर्षका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ ।
सरकारले सुशासन दिन नसकेको, भ्रष्टाचारमा वृद्धि भएको र भ्रष्टाचारीलाई जोगाउन सत्तारुढ दलहरूका बीचमा प्रतिस्पर्धा नै चलेको राष्ट्रिय जनमोर्चाको धारणा छ ।
यी विषयमा जनचेतना जगाएर आन्दोलनलाई सुदृढ गर्नुपर्ने आवश्यकता भएकाले राष्ट्रिय जनमोर्चाले भदौ महिनाभरि संघर्षका कार्यक्रम गर्न लागेको जनाएको छ ।

















