बैंकिङ क्षेत्रमा करार र ज्यालादारी कर्मचारीलाई ‘वित्तीय कारोबार’मा संलग्न गराउन नपाइने

182

काठमाडौं । कमजोर कर्मचारीका कारण बैंक वित्तीय क्षेत्रमा आएको समस्यालाई समाधान गर्नका लागि नेपाल राष्ट्र बैंकले करार र ज्यालादारी कर्मचारीलाई वित्तीय क्षेत्रका कुनै पनि काममा सहभागि नगराउन बैंक वित्तीय क्षेत्रलाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारी सम्बन्धि नेपाल राष्ट्र बैंकले सेवा विनियमावली मार्फत यस्तो निर्देशन दिएको हो ।

अब कुनै पनि बैंक वित्तमा करार र ज्यालादारीमा राखिएका कर्मचारीले वित्तीय तथा जोखिममुलक काम गर्न पाउने छैनन् । योसँगै विभिन्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको स्वीकृतिपछि कर्मचारीलाई दिने सेवा तथा सुविधा बारे विनियमावली तयार पार्नेछन् । बैंक तथा वित्तीय संस्थाले चार वटा श्रेणीमा कर्मचारी भर्ना गर्नसक्नेछन् । व्यवस्थापकीय, अधिकृत, सहायक, र सहयोगी गरी चार श्रेणीमा पदीय विभाजन गरी कर्मचारी राख्न सक्नेछन् । बैंकहरुले करारमा कर्मचारी राख्न कम गरिने भएको छ । जसका लागि बैंकको वित्तीय क्षेत्रमा काम गर्न करार वा ज्यालादारीले पाउने छैनन् ।

उनीहरुले अन्य प्रमुख कार्यहरु सम्पादन गर्न पनि पाउने छैनन् । राष्ट्र बैंकले बैंकमा जागिर खान १८ बर्ष पुरा भएको र ४० बर्ष ननाघेको हुनुपर्ने जनाएको छ तथापि महिलाको हकमा भने ४५ बर्षसम्मकाले जागिरका लागि आवेदन दिन सक्नेछन् । बैंक वा वित्तीय क्षेत्रमा कार्यरत कुनै कर्मचारीको मृत्यु वा स्वास्थ्यमा समस्या आएमा पति, पत्नि तथा अविबाहित छोरा वा छोरीलाई सहायक श्रेणीमा जागिर दिन सकिने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here