नेकपाका नेता रावलद्धारा विद्यावारिधी तहको अध्ययन पूरा

126

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य भीम रावलले विद्यावारिधी तहको अध्ययन पूरा गर्नुभएको छ । उहाँले राजनीतिशास्त्रमा विद्यावारिधी तहको अध्ययन पूरा गर्नुभएको हो ।

नेपालमा राजनीतिक हिंसा र माओवादी द्धन्द्ध विषयमा थेसिस लेख्नुभएका रावलको आज भाइभा सम्पन्न भएको हो । उहाँको थेसिसलाई त्रिभुवन विश्वविद्यालयको मानविकि संकायको रिसर्च कमिटिले स्वीकारेपछि औपचारिक रुपमा विद्यावारिधीको अध्ययन पूरा भएको हो । रावलको गाइडमा प्राध्यापक डा। मीना वैद्य हुनुहुन्थ्यो ।

पीएचडी रिसर्चका लागि रावल पछिल्लो समय राजनीतिमा भन्दा अध्ययनमा बढी व्यस्त हुनुहुन्थ्यो । उहाँ रिसर्चका लागि सक्रिय भएर लाग्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here