काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको उपप्रमुख (उपमेयर) मा नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
‘काठमाडौं महानगरपालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुन पर्ने निकायमा समाजशास्त्र विषयमा स्नातक गरेको व्यक्ति काठमाडौं महानगरपालिका वडा २१ फसिगाँ बस्ने सत्तु डंगोलकी छोरी सुनिता डंगोलले आफूले प्राप्त नगरेको स्नातकोत्तर योग्यता प्राप्त गरेको छु भनि आफ्नो शैक्षिक योग्यता ढाँटी विगत ५ वर्षदेखि काठमाडौं मनपाको शहरी विकास परियोजनाको सल्लाहकारमा नियुक्त लिइ मासिक रु ८० हजार गैह्र कानुनी रुपमा प्राप्त गर्नु भएको छ’ अख्तियारमा डंगोलविरुद्धको उजुरीमा भनिएको छ।
डंगोलविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को कसुरमा सजय गराई उनले प्राप्त गरेको रकम तथा जरीवानासमेत असुल गराउन निवेदनमा माग गरिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गु


















