मन्त्री रेणु यादवविरुद्ध १ जना पूर्व सांसद्‌ले जाहेरी

150

काठमाडौं । रौतहटको गौरमा भएको नरशंहार दोहोर्‍याउने धम्की दिएको प्रकरणमा भौतिक पूर्वधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध १ जना पूर्व सांसद्‌ले जाहेरी दिएका छन्।

संविधान सभाका तत्कालीन सदस्य रणजित कर्णले राज्य विरुद्धको कसूर गरेको अभियोगमा कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका हुन्। कर्णले हुलाकमार्फत् जाहेरी दिएका हुन्।

मन्त्री यादवले माघ ५ गते रौतहटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गौर हत्याकाण्ड ‘दोहोर्‍याउने’ धम्की दिएकी थिइन्। मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको नामै लिएर त्यस्तो धम्की दिएकी थिइन्।

मन्त्री यादवको उक्त अभिव्यक्तिले दुई समुदायबीच द्वन्द्व सिर्जना भइ जातीय, क्षेत्रीय र साम्प्रदायिक दंग फैलिइ राष्ट्रिय एकतामा समेत खलल पर्नसक्ने कर्णले उजुरीमा उल्लेख गरेका छन्। मन्त्री यादवविरुद्ध फौजदारी अपराध संहिता २०७४ को दफा ४९ को उपदफा (४)अनुसारको कसूरमा छानबिन गरी हदैसम्मको सजाय गरिनुपर्ने कर्णले मागदाबी गरेका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here