सरकारको नीति तथा कार्यक्रम आज

77

काठमाडौँ – सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । संघीय संसद भवन बानेश्वरमा सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट अपरान्ह ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई राष्ट्रपति भण्डारीले वाचन गर्ने कार्यक्रम रहेको छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु उपस्थित हुनेछन् ।

बैठक संघीय संसदका सभामुख कृष्णबहादुर महराले सञ्चालन गर्नेछन् । नीति तथा कार्यक्रमलाई सरकारको आधार मानिन्छ । यसकै आधारमा सरकारले जेठ १५ गते प्रस्तुत गर्ने बजेट निर्माण गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here