बर्दिया । बैशाख १४ गते बर्दिया बढैयाताल गा.पा.८ स्याउलीबजार स्थित बर्ष करिव ४७ को बल बहादुर कडेललाई निजकै घर अगाडी बर्ष करिब ४० बर्षका मिन ब.घर्तिले सामान्य बिवादको कारण कुटपिट गर्दा (धकेल्दा) घरको आगनमा रहेको ढुङ्गामा टाउको ठोकिन गई टाउकोमा चोट लागि उपचारको लागी २२:३० बजे उपचारको लागि बर्दिया अस्पतालमा लगिएकोमा थप उपचारको लागि नेपालगंज नर्सिङहोममा रिफर भई नर्सिङहोम नेपालगंज लगि चेकजाँच गराउदा बैशाख १५ गते करिब ००:४० बजे मृत्यु भएको भनी डाक्टरले जानकारी गराएको र निज मिन बहादुर घर्तिलाई स्वास्थ्य परिक्षण गरी जि.प्र.का.बर्दियाको हिरासत कक्षमा राखिएको छ ।


















