काठमाडाैं । डिभिजन वन कार्यालय बझाङले वन डढेलो सम्वन्धि विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको छ ।
जिल्ला डिभिजन वन कार्यालयको आयाजनामा सदरमुकाम चैनपुर बजार परिक्रमा गरि वन डढेलोबाट जोगाऔ वन डढेलो नियन्त्रण गरौँ जैविक विभिधताको संरक्षण गरौ भन्न्ने मुल नाराका साथ लाखौं बोट बिरुवा जिवजन्तुहरुलाई खरानी हुन बाट बचाउँ भन्दै बजार परिक्रमा गरिएको हो ।
गर्मी याममा निकै बनजङ्गलमा डढेलो लगाउने प्रवृत्ति रहेको भन्दै सबैलाई सचेत गराउन विभिन्न ठाउँमा कार्यक्रम गरिने डिभिजन वन कार्यालय बझाङका प्रमुख कर्ण बहादुर खातिले बताए । उहाँले भन्न भयो अहिले सामुदायिक वन हुन या कवुलेति वन जस्तो सुकै वनलाई सँग्रक्षेण गर्नु तपाईं हामी सबैको दायित्व रहेको बताउनु भयो । आज गरिएको जनचेतनामूलक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतम मजर मेघ बहादुर गुरुङ ईन्सपेक्टर लोकेन्द्र कार्की पत्रकार समाजसेवी विद्यार्थी सञ्चारकर्मी स्काउट लगाएतको उपस्थिति रहेको वन कार्यालयका कर्मचारी कपिल रावलले बताए ।
डिभिजन वन कार्यक्रमको आयोजनामा वनजङ्गल जोगाउँ लाखै वन्यजन्तुको सँग्रक्षण गरौ भन्नदै बजार परिक्रमा पछि स्काउट आयुक्त शिक्षा प्रेर्मी जोशीको नेतृत्वमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो कार्यक्रममा प्रहरी नेपाली सेना सशस्त्र प्रहरी लगाएतको कार्यक्रमको सञ्चालन भने केशव राज जोशीले गर्नुभएको हो । उत्तमकुमार थापा बझाङ


















