कांग्रेसका महामन्त्री गगनकुमार थापाद्वारा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र उद्घाटन

75

काठमाडौं । काठमाडौं महानगरपालिका-३० ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ। मंगलबार काठमाडौं महानगरपालिका–३० ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गरेका छन्।

ज्ञानेश्वरमा प्रवर्द्धन केन्द्र उद्घाटन गर्दै पूर्व स्वास्थ्य मन्त्री थापाले आफू स्वास्थ्य मन्त्री रहेका बेलामा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा नागरिकलाई सेवा दिने उद्देश्यले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने काम अघि बढेको बताए।

आफू सरकारसँग बाहिरिएसँगै सो काम अलपत्र परेको उल्लेख गर्दै उनले हाल आफ्नै सक्रियता र स्थानीय जनप्रतिनिधिहरु समेतको सक्रियतामा केन्द्र सञ्चालन गर्न सफल भएको जनाए ।

यस केन्द्रले वडाबासीहरुको स्वास्थ्य सँग सम्बन्धित सबै विषयहरुको विवरण राख्ने, स्वास्थ्य परिक्षण गर्ने, विभिन्न रोगहरु लाग्नै नदिन जनचेतना फैलाउने र सहुलियतमा औषधिहरुको व्यवस्था गर्ने उनले जानकारी दिए। यस्ता केन्द्र प्रत्येक वडामा हुनुपर्ने उनले जोड दिए।

केन्द्रले जनस्वास्थ्य प्रमुखको निगरानीमा स्वास्थ्यकर्मीहरुले वडाभित्रको सम्पूर्ण घरमा गएर स्वास्थ्य सम्बन्धी अनुगमन गर्ने बताएको छ । वडामा कुन रोगको समस्या छ सो समस्या समाधानका लागि सेवा सुविधा दिइने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here