अभिनेत्री करिष्मा मानन्धर नेकपा एमालेमा प्रवेश

142

काठमाडौं ।अभिनेत्री करिष्मा मानन्धर र पूर्वमन्त्री तथा समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह आज मंगलबार नेकपा एमालेमा प्रवेश गर्दै छन्। पूर्वमन्त्री सिंहको नेतृत्वमा रहेको दल नै एमालेमा समाहित हुन लागेको हो। दिउँसो १ बजे पार्टी कार्यालयमा एकसमारोहका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ। सिंह २०७३ सालमा खानेपानी मन्त्री भएका थिए। अभिनेत्री मानन्धरले केही समय डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा रहेर काम गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here