अवैध लागूऔषध सहित पक्राउ

263

काठमाडौं – काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट २ वटा सानो प्याकेटमा रहेको ०.२० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित दाङ तुल्सीपुर उपमहानगरपालिका-१७ घर भएका ३५ वर्षीय सुदन रावतलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । दाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना. ६ ख ३५७२ नम्बरको बस जाँच गर्दा बसमा सवार रावतलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी नियन्त्रणमा लिने क्रममा रावतले गलत मनसायले नगद २ हजार ५
सय २० रुपैयाँ दिई प्रहरीलाई प्रभावमा पार्ने खोजे पश्चात उनलाई उक्त लागूऔषध र नगद सहित प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका-१४ बल्खु सुकुम्बासी टोल बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका-४ पलासे घर भएका २१ वर्षीय विजय तामाङ र काठमाडौं बल्खु सुकुम्बासी टोल बस्ने इलाम धोवीधारा घर भएका १९ वर्षीय मिलन लिम्बुलाई नियन्त्रित लागूऔषध डाइजेल्याब ९ एम्पुल, नुर्फिन ८ एम्पुल र फेनारगन ७ एम्पुल सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चौकबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ३ हजार एम्पुल सहित बारा महागढीमाई नगरपालिका-५ घर भएका ३० वर्षीय चंचल पाण्डेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here