अवैध रुपमा संकलन गरेको सुन सहित पक्राउ

238

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट अवैध रुपमा संकलन गरेको १ सय ४९ ग्राम सुन सहित कपिलवस्तु बुद्धभूमी नगरपालिका-८ घर भएका २७ वर्षीय प्रदिप चन्द्र पौडेललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वाहिरी मुलुकबाट आएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई अवैध रुपमा उक्त परिमाणको सुन संकलन गरी लैजान लागेको अवस्थामा पौडेललाई फेला पारी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

बरामद सुन सहित पौडेललाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here