बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनमा तीन दिनसम्म शोक मनाउने

127

काठमाडौं । सरकारले बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ।  मन्त्रिपरिषद् बैठकले शुक्रबार महारानी एलिजावेथ द्वितीयको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना पनि गरेको छ।   बेलायती महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here