कालोबजारी गरेकाे आरोपमा तीन पक्राउ

108

राजविराज – पेट्रोल कालोबजारी गरेको आरोपमा सप्तरीको सुरुङ्गा नगरपालिकाबाट प्रहरीले बुधबार ३ जनालाई नियन्त्रणमा लिएको छ। सुरूङ्गा-७ का ३७ वर्षीय अरुण चौधरी, ४० वर्षीय अलि हसन र सुरुङ्गा ५ का ३० वर्षीय तेजनारायण भगतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरुले एक सय २० रुपैयाँ प्रतिलिटरका दरले पेट्रोल बिक्री गरिहेको पाइएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर बाबुराम कार्कीले भने ।

उनीहरुको साथबाट करीब २५ लिटर पेट्रोलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा जिल्लाका कतिपय पेट्रोल पम्पले ‘पेट्रोल छैन’ भन्दै उपभोक्तालाई फर्काउने गरेका छन्। तर, छेउमै रहेका किराना तथा अन्य पसलबाट अत्याधिक चर्को मूल्य लिएर पेट्रोल बिक्री गर्ने गरिएको छ।

अधिकांश बजारमा मिनरल वाटर तथा मदिराका बोतलमा राखेर पेट्रोल बिक्री गर्ने गरिएको छ। पेट्रोलियम पदार्थ अभाव र कालोबजारी हुँदा प्रहरीले यसअघि चासो कसैलाई पनि पक्राउ गरेको थिएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here