कोरोनाको त्रासका कारण देशभर रगतको अभाव

103

काठमाडौं – देशभर रगतको अभाव भएको छ । कोरोना भाइरसको त्रासका कारण रक्त संकलनमा कमी आएपछि अभाव भएको हो ।

अहिले देशभरका ब्लड बैंकहरुमा चाप बढेको छ । विरामीका लागि रगत लिन जानेहरुलाई ब्लक बैंकहरुले रक्त दान गरेर मात्र लैजान भन्दै आएका छन् । ब्लड बैंकहरुका अनुसार शिविरहरु सुचारु हुन नपाउँदा अभाव बढेको हो ।

२५ जनाभन्दा बढी भेला हुन नपाउने सरकारको निर्णयले शिविरहरु राम्ररी सञ्चालन हुन सकेको छैन । रक्त दान गर्नेहरु पनि रक्तदानका लागि उत्साही हुन सकेका छैनन् ।

रगतको अभाव भएपछि विरामीका आफन्त चिन्तित भएका छन् । उनीहरु ब्लड बैंकसँग गुड लिष्टमा रहेका डोनहरुलाई सम्पर्क गर्दै रक्तदानको आग्रह गर्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here