नेताजीहरुको नाङ्गो नाच हेरेर रमाउनुपर्ने नेपाली जनताको नियति

88

–चन्द्रप्रकाश बानियाँ

‘भ्रष्टाचारीलाई कार्वाही गर्ने हो भने स्थानीय तहहरू सबै खाली हुन्छन्’ भन्दै गरेको एकजना पूर्व प्रधानमन्त्रीको भिडिओ क्लीप सामाजिक सञ्जालमा यतिखेर भाइरल भएको छ १ भन्न त ठिकै कुरा भनेका होलान् । नेताजीले सत्य कुरा बोले भनेर मानिसहरूले राम्रो मानेका पनि होलान् । तर उनको त्यो भनाई अलिकता लाजशरम भएको मानिसले भन्न सक्ने कुरै होइन । संघीय सत्ता नेकपाकै छ । सातमध्येको छ वटा प्रदेश सरकारहरू पनि नेकपाकै छन् । स्थानीय तहमा पनि दुई तीहाईभन्दा बढी सरकारहरू नेकपाकै छन् । भ्रष्टाचार, अख्तियार दुरूपयोग, सम्पत्ति शुद्धिकरणजस्ता अनियमितताको जाँच परख, अनुसन्धान अभियोजन गर्ने संस्था पनि उनीहरूकै मातहतमा छन् । तीनै तहका सरकार सञ्चालन गर्ने जिम्मेवारी नेकपाकै नेता कार्यकर्ताहरूको जिम्मामा छ । नेकपा बाहेक अन्य राजनीतिक दलहरूको हिस्सेदारी अति नै न्यून छ । नेकपाका नेताश्रीले स्थानीय सरकारहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् भन्नुको अर्थ सिङ्गो नेकपा भ्रष्टाचारमा लिप्त छ भनेर स्वीकार्नु हो । यतिखेर स्थानीय सरकार संहाल्ने हैयितमा रहेका कार्यकताहरूमध्ये अधिकांश तत्कालीन एमालेको कारखानाबाट उत्पादन भएका हुन् । निकै लामो समय एमालेको नेतृत्व उनै नेताजीको हातमा थियो । उनको हातमा पार्टीसत्ता रहुन्जयाल महासचिव मुखिया हुने ढाँचामा पार्टी चल्थ्यो । महासचिव भनेको नीति निर्माता मात्र होइन पार्टीको मुख्य प्रशिक्षक पनि मानिन्थ्यो । त्यस अर्थमा यतिखेरका भ्रष्टाचारी नेता कार्यकर्ताहरूको उत्पादनको नैतिक जिम्मेवारी उनै नेताश्रीकै हो भनेर मान्नुपर्छ । हुन त बोल्नेले लाज पचाइदिएपछि सुन्नेहरूको लाग्ने के रहने भो र रु

‘म आफू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न, भ्रष्टाचारीको त मुखै हेर्दिन’ भन्ने वचन विगत दुईवर्षको अवधिमा प्रधानमन्त्रीले कमसेकम ४२० पटक दोहोराए होलान् १ उसो त उनको ठट्टा गर्ने बानीसँग देश राम्रैसँग परिचित भैसकेको छ । उनको बोली, आश्वासन, जमान, वचनबद्धतालाई कसैले पनि गम्भीरतापूर्वक लिदैन । उनका कुरा सुन्नका लागि हुन् । सुनेर मनोरञ्जन लिनका लागि हो । मनमा राख्नका लागि होइन, पत्याउनका लागि होइन भन्ने कुरा केटाकेटीहरूले पनि बुझेका छन् । उनले कहिले, कहाँ, कुन सन्दर्भमा के भने, के भनेनन् भन्ने कुराको हेक्का कसैले राख्दैन । त्यसैले यति होल्डिङ्गस् प्रकरणतिर कसैले ध्यान दिनुपर्ने आवश्यकता ठान्दैन । खल्तीका मन्त्रीहरूका काला करतुतका कारणले प्रधानमन्त्रीतिर कसैको औलो उठ्दैन । उनको छोटो शासनकालमा जेजति भ्रष्टाचार र अनियमितता भएको होस् जनताले ख्यालवास्तै गर्दैनन् । जे हुनु थियो त्यही भयो भनेर चित्त बुझाउने गरेका छन् । न अख्तियार लाग्ने छ, न सम्पत्ति शुद्धिकरणले आँखा उठाएर हेर्न सक्नेछ भन्ने जनताको जानकारीमा छ । अर्कोपटक त देख्लाउ पर्खलाउ भन्न सक्ने अवस्थामा पनि जनता छैनन् । किनकि सत्ता परिवर्तन भए पनि सरकारमा आउने त उनै काँग्रेस, कम्युनिष्ट र मधेसवादी, समाजवादीहरू नै त हो । “चोर चोर मौसेरा भाई” भन्याजस्तो कुन चाही दल दूधले नुहाएको चोखो छ र रु त्यसैले यतिखेर मुलुक लेट्नेहरू सदाकाल उन्मुक्त रहनेछन् । नहुने कुराको लागि व्यर्थेैमा किन मुख दुखाउनु रु नेपाली मानसिकतामा यस्तै निराशा भरिदै जान थालेको छ ।

‘आफूलाई प्रधानमन्त्री बनाए देशले दुई वर्षमै चिनियाँ उन्नतिलाई पछार्छ’ भन्नेजस्तो गँजडी गफ गरेर दुनियाँ हँसाउने अर्का नेताको भाउ पनि नेकपाभित्र कम छैन । सत्ताविना पानीविनाको माछो झैं छटपटिने कमरेडलाई वैधानिक, अवैधानिक, संवैधानिक, असंवैधानिक कानूनी, गैरकानूनी, नैतिक, अनैतिक भन्ने कुरा कुन चरीको नाम हो भन्ने ज्ञान छैन । औसर पर्दा सुन तस्करीका लागि भन्सारको ढोका खोलिदिन्छन् र आफूले पनि कमिसन हसुर्छन् । त्यसरी आर्जन गरेको सम्पत्ति दाइजोमा आएको हो भन्न पनि लाज मान्दैनन् । विचरालाई कानूनतः दाइजो लिनुदिनु गैह्रकानूनी कार्य हो भन्ने कुराको हेक्का रहँदैन । धन्न ठूलो गर्दन हुनेहरूलाई नेपालको कानून लाग्दैन र पो १ नत्र “तित्राको मुखै वैरी” भन्ने लोकोक्तिको गतिलो उदाहरणको तमाशा दुनियाले हेर्नदेख्न पाउँदा हुन् ।

सारा जमा पूँजी व्यापारमा डुबाएर बाँकी रहेको अन्तिम रकमबाट किनेको एक कहतारो दही र मानोमुठी च्युरा स्वादसँग खाँदै गरेको अनाडी व्यापारीले भन्थ्यो रेः– “जसले गर्छ ओर्कन फर्कन, उसले खान्छ दहीच्युरा १” आमूल परिवर्तन र जनवादी क्रान्तिको नाममा दशवर्षे रक्तपातको नेतृत्व गरेका अर्का नेता पनि यतिखेर उही पार्टीको मझेरीमा ओतलाग्न पुगेका छन् । भरतपोखरीबाट सिंहदरबार छिरेका उनले आफू आएको पुरानो बाटो नै बिर्सेजस्तो छ । त्यसैले जनताका छोराछोरीले कताबाट जुत्ता बर्षाउँछन् वा कताबाट लपेटा लगाउँछन् भनेर तर्सदै तर्कर्दै हिड्नु परेको छ । बरु गौतम, नेपाल, खनाल जस्ता चेसका च्यान्टे गोटीहरू अघि सारेर सत्तालाई कसरी “चेक” दिन सकिन्छ भन्ने तानाबाना बुन्नमै निमग्न रहन्छन् । अब देश, जनता र समाजले उनका लागि कुनै अर्थ राख्दैनन् । उनका आँखा नाफा नोक्सानको हिसाबकिताबमा केन्द्रित छन् । झुपडीबाट निस्केर शासक परिवारमा रूपान्तरित हुनु जीन्दगीको अभीष्ट बनेको छ । उनी त्यसैमा मस्त छन् । यतिखेर खुमलटार महलको बुर्जामा उभिएर टेलिस्कोपले बालुवाटार र सिंहदरबार नियाल्नमै उनका दिन बित्छन् ।

महामानवहरूको त्यही मण्डलीबाट उछिट्टिएर पाखा लागेका अर्का डाक्टरसाहेब आफ्नै मनचिन्ते रोगको उपचारको खोजीमा दरदरको भिखारी बनेका छन् । नेकपा, नयाँ शक्ति हुँदै समाजवादीमा पुगेको उनको ओरालो यात्रा टुङ्गियो भन्न सकिन्न । आर्थिक मामलामा अरु सबैभन्दा चोखा मानिने उनको अन्तिम गन्तव्य सबै अनियमितताको गुरु नेपाली काँग्रेस हुने सम्भावनाबाट टकटकिन मिल्दैन । नयाँ शक्ति निर्माण अभियानले नराम्रोसँग ºलपखाएपछि समाजवादीमा मिसिन पुगे । सानो कुलो खहरेमा मिसिन्छ । खहरे नदीमा जोडिन्छ र नदी समुद्रमा मिसिन्छ भनेजस्तो उनको ठूलो स्थानमान खोज्ने अभियान निरन्तर गतिमान छ । र उनको अभीष्टले काँग्रेस ताकेको होइन भन्न मिल्दैन । यतिखेर आन्तरिक कलहले नेपाली काँग्रेसलाई थला पारिसकेको छ । अर्को चुनाव आउन बाँकी तीन वर्षसम्म त्यो कचिङ्गल थामिने हो होइन । थामिएछ नै भने पनि चुनाव जित्नेगरी तङ्ग्रिने सम्भावना क्षीण छ । चुनाव जित्नकै लागि मधेसी दलहरूसँग गठबन्धन गर्नुपर्ने वाध्यतामा ऊ पुग्नेछ । मधेसी दलहरूकै साथ लागेर डासाहेव पनि काँग्रेससँग जोडिनेछन् । कालान्तरमा उनमा देखापरेको शैद्धान्तिक विचलनले पु¥याउने अन्तिम बिसौनी त्यही हो । अर्थात घुम्दै रिङ्दै काँग्रेसमा पुगेपछि डासाहेबको पतनयात्रा पूरा हुनेछ ।

मानिसको जीवन आशामा टिकेको हुन्छ । मानिसका हरेक पाइलाहरू सधै सही ठाउँमा पर्दैनन् । कहिले ठेस लाग्छ, कहिले चिप्लन्छन् । तैपनि मानिसले हरेस खाँदैन । होला कि भनेर लागिरहन्छ । प्रयत्न गर्दै रहन्छ । मानव आकांक्षाभन्दा आयु अपेक्षाकृत छोटो हुन्छ । त्यसैले मानिस जीवन अपृप्तिमै समाप्त हुन्छ । सफलता प्राप्त होस कि नहोस् जीवन भने टुङ्गिन्छ । समाजको आयु भने मानिसको जस्तो छोटो हुदैन । समाज भनेको पुस्तौं पुस्ताका धेरै मानिसहरूको आयुको योग हो । त्यसैले मानिसका ठूलठूला लक्ष्यहरू समाजका सम्पत्ति बन्छन् । मानिसका पुस्ता बित्दै जान्छन्, समाजले स्वामित्व लिएका लक्षहरू पनि पूरा हुँदै जान्छन् । त्यस मामलामा नेपाली जनता र नेपाली समाज दुबै उति भाग्यशाली छैनन् । विगत ७० वर्षको इतिहासले त्यसै भन्दोरहेछ १ वीर, बहादुर, लडाकु भनेर विश्वभर नेपाली जाति परिचित छ । वीर, बहादुर र धीर भएकैले होला संसारमा सबभन्दा लामो लोकतान्त्रिक लडाई पनि नेपालीहरूले नै लडेका छन् । पटक पटक लडेका छन् । पटक पटक जितेका छन् । पटक पटक धोका खाएका छन् । हारेका छन् । ७० वर्ष लामो लडाईको परिणाम यतिखेरसम्म आइपुग्दा यति कुरूप देखिएको छ कि नेपाली जनताले वास्तवमा कहिल्यै जितेकै रहेनछन् भन्नुपर्ने हुन्छ । सातसालको क्रान्तिपछि पनि राणा, काँग्रेस र राजाको गाइजात्रा हेरेरै साखुम गर्नु प¥यो । ४६ सालको परिवर्तनपछि काँग्रेस, एमाले र राजाको नौटङ्कीको मुक दर्शक बन्नु प¥यो । ६२÷६३ पछि पनि त्यही नियति दोहोरिएको छ । सत्ताधारीहरूको नाङ्गो नाच देखेर लाज मान्नु कि मनोरञ्जन लिनु भन्ने द्विविधा र अन्यमष्कतामा नेपालीहरूको पुस्तौं पूस्ता बित्ने भो क्या रे सायद १ आशाको धिपधिपे दियालो कहिल्यै कतैबाट झुल्केला कि भनेर आशा गर्ने ठाउँ पनि देखिदैन अब त ।

–जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here