आगलागीबाट धनमाल जलेर नष्ट

68

काठमाडौं – लमजुङ, मर्स्याङदी गाउँपालिका-६ बाहुनडाँडा बस्ने दुर्गा दत्त सापकोटाको घरमा बिहीबार बिहान आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुर्खेत, पञ्चपुरी नगरपालिका-१० स्थित जामु बस्ने डबल सिंह विकको कच्ची घरमा बिहीबार बिहान सोलारको तार सर्ट भई आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here