कथानक चलचित्र ‘प्रेमगीत ३’ रिलिज स्थगित

169

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको क्रासका कारण सरकारले बैशाख १८ गतेसम्म सम्पुर्ण चलचित्र हल बन्द गर्न दिएको निर्देशनको कारण चलचित्र  ‘प्रेम गीत २’को रिलिज पनि प्रभावित भएको छ ।

नव वर्ष २०७७ को छेको पारेर २८ चैतमा आउने तयारीमा रहेको यो चलचित्रको रिलिज पनि स्थगित गरिएको छ । निर्माता सन्तोस सेनले चलचित्रको रिलिज स्थगित भएको जानकारी दिए ।  ‘पोष्ट प्रोडक्सन कसरी सकाउने भन्ने हतारो थियो’ निर्माता सेनले भने ‘अव फुर्सदले काम गर्न पाइने भयो ।’ चलचित्रको केही सुटिङ पनि बाँकी रहेको जनाएका सेनले यो फुर्सदमा सुटिङ पनि सकाउने सुनाए ।

दुई गीत र टिजर सार्वजनिक गरेर आक्रमक प्रचार प्रसारको तयारीमा रहेको चलचित्रमा शिव श्रेष्ठ, प्रदीप खड्का, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ ।

‘प्रेमगीत ३’ ऐतिहासिक प्रेमकथामा बनेको चलचित्र हो । चलचित्रबाट क्रिस्टिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू ग रेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here