फिफा क्लब विश्वकप फुटबल स्थगित

103

एजेन्सी । युरोपियन फुटबल क्लबहरुको ठूलो प्रतियोगिताहरुमा पर्ने फिफा क्लब विश्वकप स्थगित भएको छ । चीनमा आयोजना हुने सन् २०२१ को प्रतियोगिता स्थगित भएको हो ।

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण प्रतियोगिता स्थगित गरिएको फिफाले जनाएको छ ।
क्लब विश्वकप जुन १७ देखि जुलाई ४ सम्मका लागि तय भएको थियो । फिफाले कोरोनाको प्रकोपको अवस्था हेरेर नयाँ मिति तय गर्ने बताएको छ । कोरोनाको कारण विश्वभरका ठूला खेलकुद प्रतियोगिता स्थगित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here