आत्महत्या दुरुत्साहन आरोपमा चार पक्राउ

184

सल्यान / सल्यानमा आत्महत्या दुरुत्साहन आरोपमा ४ जना पक्राउ परेका छन् ।

जिल्लाको शारदा नगरपालीका वडा नम्बर १५ हरेलेकी २१ वर्षीया मुना नाथलाई आत्महत्या दुरुत्साहन गर्न लगाएको आरोपमा शारदा नगरपालिका वडा नम्बर १५ का श्रीमान सुनिल नाथ, सोही ठाउँकै सुनिल भन्ने विजय भण्डारी, लाल बहादुर राजगुरु र त्रिबेणी गाउँपालीका वडा नम्बर ६ का अर्जुन रावत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गएको सोमबार दिउँसो मृतक मुना नाथले आफ्नै घरको कोठाको दलिनमा प्लाष्टिकको डोरी घाँटीमा पासो लगाएर झुन्डिएर मृत्यु भएको छ भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी टोली पुगी घटनाको बारेमा अनुसन्धान गर्दा आत्महत्या गर्न लगाउन बाध्य पारेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको निमित्त प्रहरी प्रमुख लक्ष्मण वलीले जानकारी दिए ।

पक्राउ परेका चारै जनालाई मुलुकी अपराध सहिंता ऐन, २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुर अन्तर्गत आत्महत्या गर्न दुरुत्साहन दिन नहुनेमा शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत सल्यानबाट प्रहरी हिरासतमा राख्न ७ दिन म्याद थप गरी अनुसन्धान भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here