मोरङको बुढीगङ्गामा दुई जनाको मृत्यु

47

विराटनगर । भारतीय ट्रकको ठक्करबाट शुक्रबार बिहान मोरङको बुढीगङ्गामा दुई जनाको मृत्यु भएको छ । बिहान ६ बजे बुढीगङ्गा २ स्थित कोशी राजमार्गको गङ्गाचोकमा भएको दुर्घटनामा २७ वर्षे हर्क परियार र २१ वर्षे भीमबहादुर राईको मृत्यु भएको हो ।

विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर एफ आर ३८ एफ २२१० को ट्रकले सोही दिशातर्फ गइरहेको को ३० प ९१०३ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका दुवैलाई नजिकै रहेको विराट मेडिकल कलेजको अस्पताल लगिएकोमा उपचारका क्रममा केही बेरमै मृत्यु भएको मोरङ ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभयो । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here