Home समाचार फोनिज बागमती प्रदेश कार्यसमितिले सात सदस्यीय सल्लाहकार समिति गठन

फोनिज बागमती प्रदेश कार्यसमितिले सात सदस्यीय सल्लाहकार समिति गठन

82

हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश कार्यसमितिले सात सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

बिहिबार बसेको फोनिज बागमती प्रदेश कार्यसमितिको तेस्रो पूर्ण बैठकले फोनिजलाई उर्जावान बनाउन फोनिज मकवानपुरका पूर्वअध्यक्ष एंव नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगरको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा सरिता श्रेष्ठ (धादिङ),राजु चौधरी (चितवन),सुरेन्द्र भक्त श्रेष्ठ (काठमाडौं),देवकुमार सुनुवार (रामेछाप),जीवन लामा (दोलखा) र सुमित श्रेष्ठ (रामेछाप) रहेका छन् ।

यसैगरि,बैठकले बागमती प्रदेश सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ । प्रदेश सरकारले फोनिजलाई संचार क्षेत्रको लागि बजेट विनियोजन गरेको र यस कार्यको लागि फोनिज मकवानपुरका पूर्वअध्यक्ष मगरले विशेष पहल गरेको भन्दै विशेष धन्यवाद दिने निर्णय भएको जनाइएको छ । बैठकले प्रदेश कार्यसमितिको चौथो पूर्ण बैठक दोलखामा गर्ने निर्णय पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here