विप्लव नेकपामा स्थानीय तहको चुनावलाई चुनावलाई लिएर तीन धार

61

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा स्थानीय तहको चुनावलाई लिएर तीन धार देखिएको छ। पार्टी महासचिव विप्लवले राजनीतिक प्रतिवेदनमा स्थानीय चुनाव उपयोग गर्ने प्रस्ताव गरेपछि नेताहरु तीन धारमा उभिएका हुन्।

स्थानीय तह उपयोग गर्ने भएमा धेरै जसो केन्द्रीय सदस्यले नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेर जानु पर्ने मत राखेको एक केन्द्रीय सदस्यले बताए।

तर केहीले भने चुनावी तालमेल माओवादीसँग नभइ नेकपा एमालेसँग गर्नुपर्ने मत राखेका छन्। एमालेसँग चुनावी तालमेल गरेर जानुपर्छ भन्ने केन्द्रीय सदस्यहरुको संख्या भने न्यून रहेका छन्।

तर, सचिवलाय सदस्य धमेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीसहित सरद रसाईली र पूर्ण सिंह लगायत नेताहरुले चुनावमा जान नहुने मत राखेका छन्। विप्लवले स्थानीय चुनावमा जाने प्रस्ताव गरेपछि पार्टीमा तीन धार देखिएको हो।

आज सबै केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेपछि विप्लवले जवाफ दिने कार्यक्रम रहेको केन्द्रीय सदस्य ओम पुनले बताए।

‘पार्टीमा चुनावमा जान हुने/नहुने धेरै खालका मतहरु आएका छन्। त्यसलाई ठूलो रुपमा लिनु हुँदैन’ पुनले भने, ‘महासचिवले जवाफ दिएपछि पार्टीले के निर्णय गर्छ त्यसपछि मात्रै सबै कुरा भन्न सकिन्छ।’ यदी विप्लव नेतृत्वको नेकपा स्थानीय चुनावमा गएमा एक ढिक्का हुने सम्भावना कम देखिएको छ। चुनावीलाई लिएर नेताहरुको मत बाझिएपछि पार्टी सम्हाल्न विप्लवलाई सकस परेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here