काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनलागयत विषयमा छलफल गर्न आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ।
दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकका गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षा रहेका छन्।
साथै बैठकमा स्थानीय चुनाव केन्द्रित घरदैलो अभियानको प्रारम्भिक समीक्षालगायत विषयमा छलफल गर्ने अजेन्डा तय गरिएको छ। कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म पहिलो चरणको घरदैलो अभियान गरिररहेको छ।
यस्तै बैठकमा कांग्रेस विधानअनुसार केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रमा संसदीय समिति तथा केन्द्रीय संसदीय समिति गठनका विषयमा समेत छलफल हुनेछ।
यसअघि केन्द्रीय समिति बैठक बस्नुपूर्व नै सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणा पत्र निर्माण समिति संयोजक तोकेका छन्।
यहीबीच सभापति शेरबहादुर देउवाले भातृ संस्था नेविसंघ र तरूण दलमा अध्यक्ष नियुक्त गरेका छन्। यस विषयमा डा शेखर पक्षले शशक्त विरोध गर्ने तय गरेको छ।


















