क्रिस्टियानो रोनाल्डोको चर्को आलोचना

154

एजेन्सी – युभेन्ट्सका पूर्व अध्यक्ष जियोभानी कोबोली गिग्लीले क्रिस्टियानो रोनाल्डोको व्यवहारको आलोचना गरेका छन् । केहि दिन अघि पोर्चुगलमा रोनाल्डोले स्विमिङ पुलमा फोटो सुट गरेका थिए ।

आफ्नै आमा बिरामी भएपछि उनी इटालीबाट पोर्चुगल गएका थिए । तर, उनी जुन कारणले पोर्चुगल भएको भएपनि पूर्व अध्यक्ष गिग्ली उनको व्यवहारमा असन्तुष्ट देखिएका छन् । उनले जति बेला देश छाडे त्यो बेला युभेन्ट्स कठिन परिस्थितिमा थियो । उनले आमा बिरामी भएका कारण पोर्चुगल जानु परेको जनाएका  थिए । तर हाल उनी स्विमिङ पुलमा फोटो खिचिरहेको देखिन्छन् । उनका लागि मात्र फरक व्यवहार गरिएको गिग्लीको धारणा छ । ‘हो यति बेला सबै देश छाडेर जान चाहन्छन् । तर त्यसरी हुँदैन’, उनले भने, ‘सबैले क्वारेन्टाइनमा बस्नुपर्दछ ।’ ७५ वर्षे पूर्व अध्यक्ष रोनाल्डोका लागि मात्र मस्तीको माहोल दिएकोमा क्लबमाथि प्रश्न गरेका छन् । ‘आलोचना गर्न सहज छ । किन खेलाडी इटालीबाट फर्कन चाहन्छन् बाहिरबाट हेर्दा मैले बुझेको छैन , ‘उनले थपे, ‘जति बेला उनी फर्कन्छन् त्यो बेला झन् कठिन हुनेछ । त्यतिबेला पनि उनीहरुले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ । ‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here