एजेन्सी – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण छिमेकी राष्ट्र भारतमा तीब्र गतिमा बढेको देखिएको छ।
हालसम्ममा भारतमा २० जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् भने ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि हरेक दिन बढिरहेको छ। भारतमा बिहीबार मात्रै ७ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन्।
छिमेकी राष्ट्रमा तीब्र गतिमा फैलिरहेको कोरोनाको संक्रमणले नेपालमा समेत त्रास बढेको छ। नेपालका लाखौँ मानिसहरु भारतका विभिन्न स्थानमा मजदूरी गर्न जाने गरेका छन्।
पछिल्लो समय कोरोनाको त्राससँगै भारतबाट हजारौँ नेपालीहरु घर फर्किएका छन्। उनीहरुलाई क्वारेन्टाइनमा नराखिएको हुँदा गाउँगाउँमा कोरोनाको संक्रमण फैलन सक्ने भन्दै स्थानीयहरु समेत त्रसित बनेका छन्।


















